पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ की २२ वर्षीया अनु राईको आफ्नै श्रीमानको कोदालो प्रहारबाट मृत्यु भएको छ। पारिवारिक विवादका क्रममा बिहीबार राति श्रीमान महेन्द्र तामाङले अनुको टाउकोमा कोदालोको पासो प्रहार गरेका थिए।
गम्भीर घाइते अवस्थामा अनु राईलाई सुरुमा जिल्ला अस्पताल लगिएको थियो, तर अवस्था जटिल भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो। अस्पतालले शुक्रबार बिहान ४:३० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
घटनापछि फरार रहेका २७ वर्षीय महेन्द्र तामाङलाई प्रहरीले फिदिम–६ गोलेगाउँबाट नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार महेन्द्र केही समयअघि विदेश जाने भन्दै काठमाडौं गएका थिए, तर योजना विफल भएपछि गाउँ फर्किएका थिए। सो क्रममा उनी सिधै पत्नी अनु रहेको माइतीघर पुगेका थिए।
अनु विगत केही समयदेखि श्रीमान विदेश गएको कारणले माइतीघरमै बस्दै आएकी थिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया