काठमाडौं ।  नेपाल प्रहरीले इन्टरनेट जडान वा ब्यालेन्स नभएको अवस्थामा पनि आफ्ना वेबसाइट तथा मोबाइल एप प्रयोग गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।

अबदेखि नेपाल टेलिकम (NTC) र एनसेल आजियाटा लिमिटेड (Ncell) का प्रयोगकर्ताहरूले प्रहरीको वेबसाइट र मोबाइल एप निःशुल्क तथा शून्य ब्यालेन्समै प्रयोग गर्न सक्नेछन्। प्रहरीको डोमेन र उपडोमेनमा उपलब्ध सेवा तथा सूचनाहरू नागरिकले कुनै डाटा चार्ज नतिरी पहुँच गर्न सक्ने व्यवस्था गरिएको हो।

advertisement

नेपाल प्रहरीले शुक्रबार जानकारी दिँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउन यस्तो पहल गरिएको जनाएको छ। यसबाट आपत्कालीन वा आवश्यक अवस्थाहरूमा नागरिकले प्रहरी सेवामा सरल पहुँच प्राप्त गर्ने विश्वास गरिएको छ।

We are hiring banner vacancy announcement with editable text effect

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com