तस्बिर : राखेप

काठमाडौं ।  पेरिस पारालिम्पिककी कास्य विजेता पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा कास्य पदक जितेकी छन्।

advertisement

महिला के–४४ क्याटेगोरीअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले उज्बेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्। प्रशिक्षक कविराज नेगी लामाका अनुसार, चीनको सांघाईमा अध्ययनरत पलेशा सोही स्थानबाट सिधा मलेसिया पुगेर प्रतियोगितामा सहभागी भएकी थिइन्।

प्रतियोगिता जुलाई २४ देखि अगस्ट १ सम्म सञ्चालन भएको थियो। नेपालबाट प्रतियोगितामा पाँच खेलाडीले भाग लिएका थिए। पुरुषतर्फ ५८ केजीमा भरतसिंह महता र ६३ केजीमा अमिर भ्लोनले प्रतिस्पर्धा गरेका थिए भने महिलातर्फ ४७ केजीतर्फ कामना प्रसाईं र रेणु तामाङले सहभागिता जनाएका थिए।

टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए।

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com