काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालाबाट बुधबार राति पक्राउ परेका ‘गुण्डा नाइके’ चक्रे मिलनसहित १९ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राति साढे १२ बजे होटलबाट नियन्त्रणमा लिई उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको थियो।
जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी कूलदीप चन्दका अनुसार, पक्राउ परेकामध्ये २८ जनाको कुनै आपराधिक संलग्नता नदेखिएपछि हाजिरी जमानीमा रिहा गरिएको छ। बाँकी १९ जनामाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।
पक्राउ परेकामध्ये केहीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूको सूची:
१. मिलन गुरुङ (चक्रे मिलन)
२. गणेशबहादुर बोगटी
३. निराजन पौडेल
४. रोशन सुवेदी
५. राजेश खड्का
६. सन्दीप केसी
७. राहुल खड्का
८. यामु पौडेल
९. सौरभ सुनार
१०. डिल्लीराज कँडेल
११. ऋतीक लामा
१२. चन्द्रदेव कार्की
१३. जितबहादुर लामा
१४. प्रकाश गोले
१५. अमिर आलेमगर
१६. उत्तम महर्जन
१७. प्रनिश केटल
१८. राजु परियार
१९. सफल शाही
प्रहरीले ‘गुण्डा अपरेसन’ अन्तर्गत विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निगरानीमा लिँदै आएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया