काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय सङ्कीर्ण सोचले समाज र देशमा परिवर्तन सम्भव नरहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताए।
“नेपाल विविधताले भरिएको देश हो, सबै जातजाति र भाषाभाषीको सम्मान हुनु आवश्यक छ,” देउवाले भने, “जातको आधारमा होइन, समावेशी सोच र साझा भविष्यको मार्गमा अघि बढ्नुपर्छ।”
उनले सबै नागरिकलाई समान व्यवहार र अधिकार मिल्नुपर्ने उल्लेख गर्दै नेतृत्वले सबैलाई साथमा लिएर अघि बढ्न सक्ने क्षमता राख्नुपर्ने धारणा राखे।
कार्यक्रममा देउवाले कांग्रेस संगठनलाई जनमुखी र समावेशी बनाउनुपर्नेमा पनि जोड दिएका थिए।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया