काठमाडौं । छिरिङ ल्हामु लामाले सामाजिक सञ्जालमार्फत केही मिडियाले आफूले व्यक्त गरेको विचारको सन्दर्भमा स्वार्थअनुकूल शीर्षक दिइरहेको आरोप लगाएकी छिन्।
उनले लेखेकी छन्, “कुन मिडियाले आफ्नो स्वार्थ केन्द्रित वा अनुकूलतामा के शीर्षक लेख्यो भन्ने कुराले खासै अर्थ राख्दैन। अर्थ हामीले भन्न र बुझाउन खोजेको विषय के हो, त्यसले राख्छ।”
लामाले नागरिकलाई आफूले व्यक्त गरेको सन्देश राम्रोसँग पढ्न र बुझ्न आग्रह गर्दै लेखेकी छन्, “पढ्न छुटेकाहरूले अझै राम्रोसँग पढ्नुहोला।”
साथै उनले सामाजिक सञ्जालमा असभ्य भाषा प्रयोग गर्नेहरूको समर्थन गर्ने व्यक्तिहरू नै “सभ्यताको व्याख्या” गरिरहेको देख्दा आफूलाई अचम्म लागेको बताएकी छन्।
उनको अभिव्यक्तिलाई विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् भने यसले सामाजिक सञ्जालमा भाषा र जिम्मेवार अभिव्यक्तिको प्रश्न पनि उठाएको छ।
xiring
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया