धादिङ । धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी लोकमार्गमा ट्यांकरले दुई वटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार अपराह्न पौने ४ बजेतिर काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख २८२८ नम्बरको ट्यांकरले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बा.प्र.०१–०३२ च ०१४८ नम्बरको गाडीलाई ठक्कर दिएको हो।
दुर्घटनामा माइक्रोबसमा सवार १३ यात्रुहरूमध्ये ७ जना घाइते भएका छन्। घाइतेहरूलाई सुरुमा आदमघाट अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका ट्यांकर चालकलाई प्रहरीले मलेखुबाट पक्राउ गरेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया