काठमाडौं । सन् २०२५ को पहिलो सात महिनामा करिब साढे छ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका हुन् । जसमध्ये जुलाई महिनामा मात्रै ७० हजार १९३ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले भने, “सङ्ख्यात्मक रूपमा पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । भारतीय र चिनियाँ पर्यटकको आगमनमा समेत सुधार आइरहेको र भिजिट नेपाल दशक अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमले समेत प्रवर्धनमा जोड पुगेको छ ।”

advertisement

पर्यटकको आगमन दरले नेपालको पर्यटन पुनरुत्थान र नेपाल विश्वभर फेरि एक पटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको उनको भनाइ छ । बोर्डका अनुसार जुलाईमा कुल आगमनमध्ये पहिलोमा भारत, दोस्रोमा चीन, तेस्रोमा अमेरिका, चौथोमा बङ्गलादेश र पाँचौँमा बेलायतबाट सबैभन्दा बढी पर्यटक छन् ।बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ जना पर्यटक आएका थिए । यस्तै गरी फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९०, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com