काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ ।

एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।

advertisement

‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com