काठमाडौं । गाजा सहरमा इजरायली सेनाको आक्रमणका कारण राहत सामग्री प्राप्त गर्न पर्खिरहेका सयौँ प्यालेस्टिनी नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले जनाएको छ ।

रिपोर्ट अनुसार, २७ मे २०२५ यता मात्र करिब १ हजार ३७३ जना नागरिक मारिएका छन्, जसमा ८५९ जना अमेरिका समर्थित राहत केन्द्रको वरिपरि र ५१४ जना सहायता गाडी चल्ने बाटोमा मारिएका हुन् । यीमध्ये अधिकांश युवा र बालक छन्, जो आफ्ना परिवारलाई भोकमरीबाट बचाउन संघर्षरत थिए ।

advertisement

मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । राहत वितरण केन्द्रहरूमा दिनहुँजसो हुने हिंसाले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गरिएको छ ।

यता, इजरायली सुरक्षाकर्मीहरूले राहत केन्द्रमा आफ्नो उपस्थिति वितरण सहज बनाउनका लागि मात्र भएको दाबी गरेका छन् । गाजाको अवस्था गम्भीर बन्दै जाँदा, अमेरिकी दूत स्टिभ विटकोफ र जर्मन विदेशमन्त्रीको इजरायली प्रधानमन्त्रीसँगको भेटमा बन्धकको सकुशल उद्धार र राहत पुर्‍याउनुपर्ने आग्रह पनि गरिएको छ ।

बाइस महिनादेखिको इजरायल–गाजा द्वन्द्वमा हालसम्म ६० हजारभन्दा बढी गाजावासीको मृत्यु भइसकेको जनाइएको छ । अहिले भने भोककै कारण मृत्यु हुन थालेको संयुक्त राष्ट्रसंघका निकायहरूले चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com