काठमाडौं । पाँचौ टेष्ट अन्तर्गत दोस्रो दिनको खेलमा इङ्ल्याण्डविरुद्ध भारतले ५२ रनको अग्रता लिएको छ। ओभलमा भएको खेलमा पहिलो दिन भारतले २२४ रन बनाएको थियो।
दोस्रो दिन हिजो घरेलु टोली इङ्ल्याण्डले ५१.२ ओभरमा पूरै विकेट गुमाएर २४७ रन जोड्यो। उसका लागि ज्याक क्रलेले ६४ तथा ह्यारी ब्रुकले ५३ रन जोडे। भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान ४-४ विकेट लिए ।
हिजै सुरु भएको दोस्रो इनिङ्समा भारतले २ विकेट गुमाएर ७५ रन जोडेको छ। यशस्वी जैसवाल ५१ र साइ सुदर्शन ११ रन बनाएर क्रिजमा छन्। भारतले आज यहीँबाट खेल अघि बढाउने छ।
शनिबारको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ। भारत र इङ्ल्याण्डबीच जारी टेष्ट सिरिजमा इङ्ल्याण्ड २-१ अंकले अगाडि छ । चौथो सिरिज बराबरी भएको टेष्टमा भारत दबाबमा देखिएको छ। सिरिज बराबरी गराउन भारतले जारी अन्तिम तथा पाँचौ टेष्ट जित्नै पर्ने दबाब छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया