इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै तीब्र टिप्पणी गरेका छन्।

शनिबार इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता ढकालले ओलीको अघिल्ला अभिव्यक्तिलाई आलोचना गर्दै भने, “शिवलाई चाम्लिङ् भन्न सक्नेले आफूलाई ब्रह्म भन्न पनि ढिलाइ गर्नेवाला छैनन्।”

ढकालले ओलीले बोलेको ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने पुरानो भनाइको सन्दर्भ निकाल्दै त्यसलाई मिथ्या दाबीको संज्ञा दिए। उनले अझै दुई वर्षसम्म यस्तै भ्रमपूर्ण र आत्ममुग्ध भाषण सुन्नु पर्ने बाध्यता रहेको उल्लेख गरे।

“अरूले नकारात्मकता फैलाए भन्ने, अनि आफैं दिनरात नकारात्मक बोलेर आफूलाई आदि पुरुष घोषित गर्ने काम भइरहेको छ,” उनले व्यंग्य गर्दै भने, “केही समयअघि त शिवलाई चाम्लिङ् भइसकेको छ, अब ओलीलाई ब्रह्म भनिने दिन टाढा छैन।”

ढकालले ओलीको निर्वाचन क्षेत्र झापा-६ अन्तर्गत निर्माणाधीन दमक भ्यू टावरलाई पनि भ्रष्टाचारको प्रतीकका रूपमा चित्रित गरे। “राज्यको करोडौँ खर्च गरिएको उक्त टावर भ्रष्टाचारको नमुना बनेको छ,” उनले आरोप लगाए।

उनको यो अभिव्यक्ति ओली नेतृत्वप्रति आक्रोश मात्र होइन, राजनीतिक व्यंग्यका रूपमा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com