हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई एक सम्मान समारोहमार्फत हेटौंडामा सम्मान गरिएको छ।

शनिबार सञ्चारिका समूह मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रम सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

advertisement

कार्यक्रमका विशेष अतिथि एवं हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक तथा शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई सम्मान हस्तान्तरण गरे।

सम्मान ग्रहणपछि बोल्दै कप्तान भण्डारीले कठिन परिश्रम र निरन्तर संघर्षका कारण आफूले आजको सफलता हासिल गर्न सकेको बताइन्। मोजाको भकुण्डोबाट फुटबल खेल्न थालेको स्मरण गर्दै उनले अभावपूर्ण परिवेशमा हुर्किएर वर्तमान स्थानमा पुग्न सफल भएको जनाइन्।

उनले पछिल्ला वर्षहरूमा खेलकुदप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको धारणा राख्दै यसले भविष्यमा खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com