काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसक्दा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन्।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयद्वारा आयोजित ‘मुक्तिप्रसाद यदुनाथ चापागाईं सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै कोइरालाले ठूला दुई दलको सहकार्यमा बनेको सरकारबाट समेत जनअपेक्षा अनुसारको सुशासन नआएको टिप्पणी गरे।

advertisement

“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अंग प्रभावकारी रूपमा नचल्दा लोकतन्त्र नै जोखिममा परेको छ,” उनले भने, “लोकतन्त्र जोगाउनका लागि फेरि आन्दोलनको आवश्यकता पर्नसक्छ।”

देशको वर्तमान निर्वाचन प्रणालीले गठबन्धनको सरकार अनिवार्यजस्तै बनाइरहेको उल्लेख गर्दै उनले सैद्धान्तिक अडान र राजनीतिक व्यवहारबाट पछि हट्न नहुनेमा जोड दिए। “गठबन्धन सरकार आवश्यक भए पनि पार्टीले आफ्ना सिद्धान्त र मूल्यहरू त्याग्न हुँदैन,” कोइरालाले स्पष्ट पारे।

कार्यक्रममा राजनीतिका क्षेत्रमा योगदान दिएका हरि सापकोटालाई नगद २१ हजारसहित सम्मान गरिएको थियो। सामाजिक क्षेत्रबाट अलिम अन्सारीलाई ११ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी प्रतिभा क्षेत्रमा योगदान पुर्‍याएकी डा. प्रमिला गच्छेदारलाई नेता कोइरालाले सम्मानपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com