काठमाडौं । दक्षिण युक्रेनको माइकोलाइभ सहरमा भएको रुसी क्षेप्यास्त्र आक्रमणले सर्वसाधारणका घर तथा पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

कालो सागर नजिकै अवस्थित यस सहरमा आइतबार भएको आक्रमणमा कम्तीमा तीन जना नागरिक घाइते भएका छन्। माइकोलाइभमा रुसले पटक–पटक आक्रमण गर्दै आएको छ।

advertisement

युक्रेनको आपतकालीन सेवाले क्षेप्यास्त्र आक्रमणपछि उद्दारकर्ताहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ।

यता, रुसको सोची क्षेत्रमा रहेको तेल डिपोमा आइतबार बिहान ठूलो आगलागी भएको छ। कालो सागर किनारमा अवस्थित उक्त स्थानमा युक्रेनी ड्रोन आक्रमणका कारण आगलागी भएको रूसी अधिकारीहरूको दाबी छ।

ड्रोन आक्रमणपछि सोची विमानस्थलबाट सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ।

क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्राटयेभका अनुसार, युक्रेनी ड्रोनको भग्नावशेष तेल भण्डारण ट्याङ्कीमा ठोक्किँदा आगलागी भएको हो। आगो निभाउनका लागि १२७ जना अग्निनियन्त्रक खटिएका छन्।

यूक्रेन र रुसबीचको युद्ध झनै चर्कँदै जाँदा दुवै देशमा हवाई आक्रमण तथा ड्रोन्का प्रहारबाट सामान्य नागरिक र पूर्वाधारमा निरन्तर क्षति भइरहेका छन्।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com