एजेन्सी । रुसको सुदूरपूर्वी क्षेत्र कामचट्कामा पछिल्लो २४ घण्टामा ६५ वटा भूकम्प गएको छ । यो यहीँ क्षेत्र हो जहाँ जुलाई ३० मा ८.८ तीव्रताको भूकम्प गएको थियो । कामचट्काको जियोफिजिक सर्भिस कार्यालयले टेलिग्राममार्फत २४ घण्टामा ६५ वटा भूकम्प गएको जनाएको छ ।
अघिल्लो दिन मध्यराति देखि अगस्ट २ को राति ११ बजेसम्म गएका यी भूकम्पमध्ये १० वटाचाहिँ महसुस नै हुने खालको भएको भनिएको छ । समग्रमा भने ६५ वटा भूकम्प गएको बताइएको छ । शक्तिशाली भूकम्प गएकोले पराकम्प महिनौँसम्म आइरहने भूगर्भ विज्ञहरूले भनेका छन् ।
जुलाई ३० यता कामचट्कामा ५ रेक्टर स्केलका कयौँ भूकम्प मापन गरिएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको थियो । जापान, अमेरिका र फिलिपिन्ससम्मै सुनामीको अलर्ट जारी गरिएको थियो ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया