काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बहुविवाहसम्बन्धी चलिरहेको सार्वजनिक बहसप्रति गहिरो असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, एक व्यक्तिको निजी धारणा वा भनाइलाई समग्र राज्यको नीतिसँग जोडेर प्रस्तुत गरिएकोप्रति आपत्ति जनाएका हुन्।

advertisement

‘कुनै एक प्रशासकको सोचलाई सम्पूर्ण राज्यको धारणा ठान्नु भ्रामक र दुर्भाग्यपूर्ण हो,’ पोखरेलले लेखेका छन्, ‘सिंगो राज्य नै बहुविवाहको समर्थनमा उभिएको जस्तो भ्रम सिर्जना गरिनु दुःखद विषय हो।’

हालै एक सरकारी अधिकारीले बहुविवाहसम्बन्धी दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा बहस चर्किएको थियो। त्यसै सन्दर्भमा महासचिव पोखरेलले यस्ता संवेदनशील विषयहरूमा जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com