एजेन्सी । रुसमा ६ सय वर्षभन्दा लामो समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ। सुदूर पूर्वी रुसमा ६०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो। विज्ञका अनुसार यो गत हप्ताको महाभूकम्पसँग सम्बन्धित हुन सक्छ।
कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातारात छ किलोमिटर (३.७ माइल) उचाइसम्म खरानीको मुस्लो उडेको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ।
केही घण्टापछि रुसमा अर्को ठुलो भूकम्पको कारण प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो।
दुवै घटना गत हप्ता यस्तै क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको ठुलो भूकम्पसँग सम्बन्धित हुन सक्छन्। भूकम्पपछि फ्रान्सेली पोलिनेसिया र चिलीसम्म सुनामी चेतावनी दिएको थियो।
बुधवारको भूकम्पपछि केही हप्तासम्म शक्तिशाली पराकम्पन आउन सक्ने रुसी विज्ञले चेतावनी दिएका थिए। सो भूकम्प अहिलेसम्मकै सबैभन्दा शक्तिशालीमध्ये एक थियो. जापानसहित विश्वका धेरै देशका लाखौँ मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको थियो।
आइतबारको ७.० म्याग्निच्युडको भूकम्पले कुरिल टापुमा धक्का दिएको थियो, त्यसले १८ सेन्टिमिटर (७ इन्च) सम्मका छाल निम्त्याउन सक्ने रुसको आपतकालीन मन्त्रालयले जनाएको छ।
कम छालको उचाइको बाबजुद पनि कामचट्काका तीन क्षेत्रका मानिसलाई ‘अझै पनि किनारबाट टाढा जान’ भनिएको छ।
कामचट्का ज्वालामुखी विस्फोट प्रतिक्रिया टोलीका प्रमुखले यसअघि ज्वालामुखी अन्तिम पटक सन् १४६३ को आसपास विस्फोट भएको थियो।
रुसी सरकारी समाचार एजेन्सी आरआईएका अनुसार यो पहिलेको ८.८ म्याग्निच्युडको भूकम्पसँग सम्बन्धित हुन सक्छ।
कामचट्का प्रायद्वीप दुर्गम छ तर ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित छ, त्यहाँ धेरै संख्यामा भूकम्प र ज्वालामुखी विस्फोट हुँदै आएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया