काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टीभित्र फुटको कामना गर्नेहरूको चाहना कहिल्यै पूरा नहुने स्पष्ट पारेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको बहसलाई लिएर सञ्चारमाध्यमहरूमा अतिरञ्जना भएको आरोपसमेत लगाए। उनले पार्टीभित्रका सामान्य छलफललाई पनि बाहिर ठूलो रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए।
“बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको देखिन्छ,” उनले भने, “कतिपयले त नभएका कुरालाई पनि ठूलो शीर्षकमा उछाल्ने गरेका छन्। यस्तो भ्रमपूर्ण प्रचारले पार्टीलाई बल्झाउने प्रयास देखिन्छ।”
उनले पार्टीभित्र अहित हुने गतिविधिमा संलग्न भएकाहरूले आत्मालोचना गर्नुपर्ने पनि बताए। पार्टीभित्र लोकतान्त्रिक बहस स्वाभाविक भए पनि त्यसलाई फुटको रुपमा चित्रण गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया