काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत राज्य र समाज भावनात्मक आवेगमा बौलाउन नहुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सोमबार धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, “कसैलाई रेबिज लाग्दैमा राज्य र समाज बौलाउन मिल्दैन।”

advertisement

कानुन संशोधन स्वाभाविक प्रक्रिया भए पनि त्यसले मानव अधिकार, व्यक्तिगत सुरक्षा, समानता, न्याय, सामाजिक मर्यादा र पारिवारिक जिम्मेवारीलाई सुनिश्चित गर्ने खालको हुनुपर्ने उनको तर्क छ।

“बेकारका बहसले टाउको नरिङ्याओस्,” भन्दै उनले सतही र हतारको निर्णयप्रति आलोचना गरेका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com