काठमाडौं ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानीमा चिनियाँ दूतावासको गाडी दुर्घटना हुँदा दुई चिनियाँ नागरिक सामान्य घाइते भएका छन्।

आइतबार बिहान करिब १० बजे चिनियाँ दूतावासको ‘११ सिडी ६१९’ नम्बरको गाडी अनियन्त्रित भई पुलबाट खोल्सामा खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

advertisement

गाडीमा सवार ३४ वर्षीया आमा र उनकी छोरी दुवै जनालाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। उनीहरू दूतावासकै कर्मचारी हुन् वा होइनन् भन्ने विषयमा भने स्पष्ट नभएको प्रहरीले जनाएको छ।

सामान्य चोटपटक लागेका उनीहरूलाई स्थानीय अस्पतालमा उपचारपछि घर फर्काइएको छ। गाडीलाई खोल्साबाट निकालेर सम्बन्धित चालकको जिम्मा लगाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com