काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामाले राजावादी शक्तिहरूबाट आफूमाथि भइरहेका आक्रमणप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी छन्।
साेमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले राजावादी समूहहरूले इतिहास भुल्दै आफूलाई लक्ष्यित गरी निरन्तर भ्रम फैलाइरहेको आरोप लगाइन्। उनले लेखेकी छन्, “राजावादीलाई इतिहास पढाउँदा पढाउँदै आफ्नै पार्टीको इतिहास पो बिर्सिने हो कि भन्ने डर भइसक्यो मलाई त।”
सांसद लामाले आफूमाथि गरिएको ‘वढी लगानी’बारे पनि टिप्पणी गर्दै भनिन्, “यति धेरै लगानी किन गरेको होला राजावादीले ममाथि त्यो जनताको श्रम र पसिनालाई कब्जा गरेर कुमलाएको सम्पत्तिको सबै ममा खर्च नगरौँ न, अलिअलि बचाउनुस्, भोलिको दिन काम लाग्छ।”
उनले देशभरि फैलिएका फेक एकाउन्ट, युट्युब च्यानल र अनलाइन मिडियामार्फत केवल आफूलाई लक्षित गरेर गरिएको प्रचारप्रति आलोचना गर्दै लेखेकी छन्, “आफ्नो सिद्धान्त, विचार, एजेन्डा सबै बिर्सेर सिर्फ ममा मात्र केन्द्रित गरेर भ्रम छरेपछि फेरि पढाउनै पर्यो। गारो छ…”
सांसद लामाको भनाइ हाल सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया