काठमाडौं ।  श्रावण महिनाका सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति क्षेत्र विकास कोषको सहकार्यमा मयुर यातायातद्वारा उक्त सेवा प्रदान गरेको हो। पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन भएकोमा अब तेस्रो सोमबार (श्रावण १९ गते) र चौथो सोमबार (श्रावण २६ गते) बिहान ५ बजेदेखि सेवा प्रदान गरिने जनाइएको छ।

बस सेवा दुई रुटमा सञ्चालन हुनेछ: पहिलो रुट बल्खु — एकान्तकुना — सातदोबाटो — कोटेश्वर — तिनकुने — एयरपोर्ट — पशुपतिनाथ।
दोस्रो रुट बल्खु — नयाँ बसपार्क — कलंकी — स्वयम्भु — नारायणगोपाल चोक — चाबहिल — पशुपतिनाथ।

बस सेवा पूर्ण रूपमा निःशुल्क रहेकोले आयोजकले भक्तजनहरूलाई बिहान ५ बजेदेखि सञ्चालन हुने सेवा प्रयोग गर्न अनुरोध गरेको छ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन तथा भक्तजनलाई सहज, सुरक्षित तथा व्यवस्थित रूपमा मन्दिर पुर्याउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको हो।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com