काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनतालाई भ्रमित पार्ने उद्देश्यले झुटो प्रचार गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले रास्वपा र राप्रपाले “गोयबल्स शैलीमा” निरन्तर असत्य प्रचार गर्दै संसदको मर्यादा क्षतविक्षत बनाइरहेको बताए। उनका अनुसार, विगत ७० दिनदेखि दुबै दलले भिजिट भिसा प्रकरणलाई लिएर संसद अवरुद्ध गर्दै गलत सन्देश फैलाउने कार्य गरिरहेका छन्।

advertisement

“यस्तो कार्य तत्काल रोकिनुपर्छ,” घिमिरेले भने, “यदि बन्द नगरिए सम्पूर्ण सांसदहरू उनीहरूको गतिविधिविरुद्ध सडकमा उत्रिन बाध्य हुनेछन्।”

सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै उनले भने, “झुटको भरमा संसदलाई कमजोर पार्न खोज्नु लोकतन्त्रको अपमान हो।”

भिजिट भिसा विषयमा बोल्दै घिमिरेले सोधेका थिए, “के भिजिट भिसा भनेको मानव तस्करी हो?” उनले विदेश पुगेका कुनै पनि सांसद फर्किएर नआएको प्रमाण नभएको दाबी गर्दै रास्वपा र राप्रपाले उठाउँदै आएको आरोप निराधार भएको जिकिर गरे।

उनले संसदलाई बाधित पार्ने, तथ्यहीन आरोप लगाउने र जनतालाई भ्रममा पार्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com