काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएका भए पनि औपचारिक रूपमा हस्ताक्षर नगरिएको जानकारी दिएका छन्।

सोमबार चार दिनसम्म चलेको माओवादी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले शर्मासम्बन्धी विषयमा पार्टीभित्र गहिरो र खुला छलफल भएको बताए। “अत्यन्तै कमरेड्ली भावना र समझदारीपूर्ण वातावरणमा छलफल भयो,” सापकोटाले भने, “उहाँले माइन्युटमा सही गर्ने भन्नुभएको छ, यद्यपि बैठकमै हस्ताक्षर गर्नुभएको छैन।”

advertisement

सापकोटाका अनुसार, साउन ६ गते जनार्दन शर्माले दिएका अभिव्यक्तिबारे बैठकमा कुरा उठेको थियो। “उहाँले त्यसबारे आत्मालोचना गर्नुभएको त छैन, तर छलफल चलिरहने सहमति भएको छ,” उनले स्पष्ट पारे।

पार्टी फुट्ने चर्चा बजारमा चलेको सन्दर्भमा बोल्दै सापकोटाले ती सबै अड्कलबाजी खारेज भएको दाबी गरे। “पार्टी एकता र समृद्ध छलफलमार्फत अघि बढ्ने स्पष्ट संकेत बैठकले दिएको छ,” उनले भने, “हामी एकताबद्ध भएर जाने निर्णयमा पुग्न सफल भएका छौं, यो गर्वको विषय हो।”

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com