काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ।
माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विप्लव समूहसँग विचार, नीति र संगठनका आधारमा एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार दुवै पार्टीबीच लामो समयदेखि संवाद चलिरहेको र अब एकता प्रक्रिया औपचारिक रूपमै अघि बढाइने छ। सापकोटाले भने, “विचार र लक्ष्यमा नजिक रहेका पार्टीहरूसँग पार्टी एकताको लागि हामी सकारात्मक छौं। यसमा विप्लव नेतृत्वको पार्टी प्रमुख प्राथमिकतामा छ।”
हालै माओवादी केन्द्रले समाजवादको आधार तयार गर्न वाम एकता आवश्यक रहेको बताउँदै आएको छ। यसअघि दुबै पक्षबीच चुनावी समन्वय र केही कार्यक्रमहरूमा सहकार्य पनि भएको थियो।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया