काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देशमा देखिएका विविध प्रकारका विसंगति, बेथिति र अन्यायका विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आन्दोलनका कार्यक्रमसहित जनतामाझ पुनः सक्रिय रूपमा जाने निर्णय गरेको हो।

advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र फेरि जनतामाझ जाने र परिवर्तनविरोधी प्रवृत्तिको विरुद्ध संघर्ष गर्ने स्पष्ट प्रतिबद्धता जनाए।

“अब हामी अझ सुदृढ एकतासहित गुटबन्दी र समूहगत प्रवृत्तिको पूर्ण अन्त्य गर्दै अघि बढ्नेछौँ,” प्रचण्डले भने, “पार्टी एकताबद्ध छ र अब फेरि जनतासँग जोडिँदै मुलुकमा व्याप्त विसंगति, भ्रष्टाचार र अन्यायका विरुद्ध आन्दोलनमा होमिन्छौँ।”

उनले पार्टीभित्र देखा परेका विवाद तथा अनुशासनहीनताका विषयमा गम्भीरता देखाइएको उल्लेख गर्दै ‘कुलिङ पिरियड’ प्रकरणमा संलग्न दोषी पहिचान गर्न गठित समितिले चाँडै प्रतिवेदन ल्याउने बताए। “छानबिन समिति बनाइएको छ, दोषीमाथि कारबाही हुनेछ,” प्रचण्डको भनाइ थियो।

स्थायी कमिटी बैठकले आगामी दिनमा संगठनात्मक सुदृढीकरण, नीति स्पष्टीकरण र जनआन्दोलनको तयारीलाई तीव्र बनाउने रणनीति अपनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com