काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले नतिजा वृद्धि भएको बोर्डले जनाएको छ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीका अनुसार, यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्। अधिकारीले विद्यार्थीहरूको मिहिनेत र अभिभावकको सक्रियताका कारण नतिजामा सुधार आएको बताए।

गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि सुरू भएको थियो। सो परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी पनि दिएको छ।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com