काठमाडौं  । यहि अगष्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

advertisement

सो प्रतियोगितामा पहिलोपटक सहभागीता जनाउन लागेको नेपाली टोलीमा कप्तान पौडलसँगै दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भूर्तेल, कुशल मल्ल, गुलशन झा र आरिफ शेख छन् । यस्तै,भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करन केसी, रिजन ढकाल, लोकश बम र ललित राजवंशीपनि टोलीमा समावेश छन् ।

 

पछिल्लो पटक नियमित रुपमा राष्ट्रिय टोलीमा रहँदै आएका अनिल शाहले अस्ट्रेलिया भ्रमण गुमाउने भएका छन् भने टोलीमा स्थान बनाउन नसकेका कुशल मल्लले टोलीमा पुनरागमन गरेका हुन् ।

१० दिनसम्म चल्ने प्रतियोगितामा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान लगायत बिबिएलका विभिन्न टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com