काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कक्षा १२ को परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

सोमबार परीक्षाफल सार्वजनिक भएसँगै सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत उनले सफल विद्यार्थीहरूको परिश्रम, समर्पण र आत्मविश्वासको प्रशंसा गरेकी हुन्।

advertisement

उनले लेखेकी छन्, “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलता भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु।”

पूर्वराष्ट्रपतिले परीक्षामा अपेक्षित नतिजा नआएका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै असफलतालाई अन्त्य नभई नयाँ सुरुआतको अवसरका रूपमा लिन सुझाव दिएकी छन्। “अटुट आत्मबल, निरन्तर अभ्यास र कठोर मेहनतबाट भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ,” भण्डारीले उल्लेख गरेकी छन्।

शिक्षालाई जीवनको मेरुदण्डको रूपमा चित्रण गर्दै उनले भनेकी छन्, “शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवन उज्यालो बनाउँदै लैजानुहुनेछ भन्ने आशा राख्दछु।”

उनको यो सन्देशले विद्यार्थीहरूलाई उत्साह र प्रेरणा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com