काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापन अनिवार्य रूपमा अनलाइन प्रकाशित गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज जारी गरेको सूचनामार्फत यस्तो व्यवस्था लागू गरिएको जानकारी दिएको हो।

अबदेखि रोजगारदाता कम्पनी वा म्यानपावर व्यवसायीहरूले “श्रम संसार रोजगार पोर्टल” (www.shramsansar.gov.np) वा “श्रम संसार एप”मार्फत अनलाइन विज्ञापन अपलोड गर्नुपर्नेछ। विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र नियमावली, २०६४ को नियम ७ बमोजिम राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशनको व्यवस्था यथावत राखिएको छ। तर अब उक्त विज्ञापन श्रम संसार पोर्टल वा एपमा पनि प्रकाशित अनिवार्य हुनेछ।

advertisement

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वयमा सञ्चालनमा ल्याएको र उक्त एपमार्फत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार विज्ञापन केवल पत्रिकामा मात्र प्रकाशन गर्दा एपबाट सत्यापन गर्न सकिने अवस्था नरहेकाले अनलाइन प्रकाशन अनिवार्य बनाइएको हो।

नयाँ व्यवस्था श्रावण १३ गतेदेखि लागू गरिएको छ। विभागले अनलाइन अपलोड नगरेका विज्ञापनलाई अपूर्ण ठहरिने चेतावनी दिँदै नियमानुसार कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com