काठमाडौं । राप्रपाकी नेतृ छिरिङ ल्हामु लामाले जनजाति समुदायप्रति हुने विभेद र हेपाहा प्रवृत्तिको कडा विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत जनजाति समुदायका भावना र अधिकारप्रति राज्य र समाजले गम्भीर ध्यान दिनुपर्ने बताएकी छन्।
छिरिङले लेखेकी छिन् कि आजका युवा–युवतीहरू जागरुक भइसकेका छन् र गणतन्त्रको अनुभवले राम्रो–नराम्रो छुट्याउने चेतना विकास भइसकेको छ। “हामी जस्तो जनजाति समुदाय अब कसैको अधीनमा चुपचाप बस्ने अवस्थामा छैन,” उनको भनाइ छ।
उनले विशेष रूपमा सिंजा सभ्यताका संस्थापक राजा नागराजका सन्तानका रूपमा आफ्नो समुदायको पहिचान उल्लेख गर्दै कसैले शरणार्थी भन्ने गल्ती नदोहोर्याउन चेतावनी दिएकी छन्।
“मेरो समुदाय, मेरो जनता, मेरो पार्टी र यो व्यवस्थामाथि प्रहार गर्नु पूर्व याद राख्नुस्, म त्यहाँ उभिएको हुन्छु,” भन्दै उनले सशक्त राजनीतिक चेतावनीसमेत दिएकी छन्। उनले मुगु क्षेत्रका चेलीहरू आफ्नै पहिचानसहित भेषभूषामा सजिएर देखा पर्नुलाई गर्वका साथ उल्लेख गरेकी छिन्।
छिरिङ ल्हामुले आफ्नो अभिव्यक्तिमा स्पष्ट पारेकी छन् कि जनजाति समुदायको आत्मसम्मान, पहिचान र अधिकारको विषयमा कुनै पनि प्रकारको अपमान सह्य हुने छैन।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया