काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादित व्यवस्थाबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।

समितिका संयोजक सांसद जीवन परियारले मंगलबार सभामुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। समितिले २९ दिनको अध्ययन र सरोकारवालासँगको छलफलपछि प्रतिवेदन तयार गरेको हो।

advertisement

छानबिन प्रक्रियामा समितिको ३७ वटा बैठक बसेको थियो। गत असार २३ गते संघीय संसद्ले विधेयकमा भएको संशोधन प्रक्रियामा छेडछाड भएको भन्दै सात सदस्यीय समिति गठन गरेको थियो।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सहभागी थिए।

अब समितिको प्रतिवेदनलाई प्रतिनिधिसभामा टेबल गरिनेछ, जसपछि विधेयकमाथि थप निर्णय प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com