काठमाडौं । म्याग्दी जिल्लाको गुर्जाखानीलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा महसुस गरिएको उक्त भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.५ म्याग्निच्युड रहेको थियो।
यसअघि पनि असार १५ गते मुगु जिल्लाको जिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि भूगर्भीय रूपमा संवेदनशील मानिने म्याग्दी क्षेत्रमा आएको कम्पनले स्थानीयवासीमा केही समय त्रास फैलिएको थियो।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया