काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटि मात्रै नभएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै श्रेष्ठले नेपाली युवाहरू भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि बिदेसिन बाध्य भएको बताए ।
उनले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरूको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताए । उनले भने, ‘नेपाली युवाहरू जो भविष्यका कर्णधार हुन् । रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि बिदेसिन बाध्य छन् । त्यही आशालाई ध्वस्त पार्दै र राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ ।
भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार । यो केबल व्यक्तिगत भुल र प्रशासनिक त्रुटि होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनाको कर्तुत हो । यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ ।’
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया