भारत ।  उत्तराखण्डको धराली गाउँ नजिक मंगलबार दिउँसो आएको भीषण पहिरोका कारण कम्तीमा २०० जनाको ज्यान गएको छ। दिउँसो १:४५ बजे हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा बाढी पहिरो गएकाे हो।

घटनापछि भारतीय सेनाले तत्काल उद्धार कार्य सुरु गरेको छ। सेना स्रोतका अनुसार घटनास्थलमा १५० जना सैनिक खटाइएका थिए, जसले १० मिनेटभित्रै उद्धार सुरु गरेका थिए। हालसम्म १५ देखि २० जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ। घाइतेहरूलाई हर्षिलस्थित भारतीय सेनाको चिकित्सालयमा उपचार भइरहेको छ।

घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेको र फसेका व्यक्तिहरूको खोजी गर्न सबै स्रोत परिचालन गरिएको भारतीय सेनाले जनाएको छ। सेनाका अनुसार स्थिति निरन्तर निगरानीमा राखिएको छ र प्रभावित नागरिकलाई आवश्यक सबै सहयोग प्रदान गर्न सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।

 

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com