काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी शर्मिला वाइबा साइबर अपराधसम्बन्धी आरोपमा पोखराबाट पक्राउ परेकी छन्।
मंगलबार साँझ पोखराको लेकसाइड क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउबारे जानकारी दिँदै कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा कारबाही अघि बढाइएको जानकारी दिए।
वाइबामाथि साइबर अपराधसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र आवश्यक अनुसन्धान तथा म्याद थपका लागि उनलाई काठमाडौँ पठाइँदैछ।
प्रहरी स्रोतका अनुसार वाइबामाथि सामाजिक सञ्जालमार्फत व्यक्तिको मानमर्दन गर्ने, झूटो सूचना फैलाउनेलगायतका गम्भीर आरोपहरू छन्।
पक्राउ परेकी वाइबाबारे विस्तृत विवरण भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया