काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।

मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ ।

advertisement

सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटिका रुपमा लिएको बताए ।

समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्यमय रहेको बताए ।

‘हामीले गम्भीर त्रुटी भनेका छाँै, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ,’ सापकोटाले भने ।

कानूनत: प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

‘कानुनत: प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवैले यसको जिम्मेवारी लिनुपर्छ । नैतिक रुपमै स्वीकानुपर्छ । नैतिकता भनेको आफ्नो सभापतिको स्पष्ट जिम्मेवारी पूरा गर्न नसकेपछि के गर्ने भन्ने स्पष्ट छ,’ उनले भने ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com