काठमाडाैं । कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत चलिरहेको छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ।

advertisement

त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं. ४ स्थित लुहादहलाई प्रशासनिक केन्द्र तोक्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई स्वीकृति दिने निर्णय गर्दै प्रदेशभरका सूचना अधिकारीहरूको भूमिकाबारे अनुगमन गर्न एक विशेष समिति गठन गर्ने निर्णय समेत गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिने उक्त अनुगमन समिति शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा रहनेछ। समितिले सूचना अधिकारीहरूको सक्रियता, सूचना प्रवाह र सुशासनसँग सम्बन्धित  विषयमा नियमित समीक्षा गर्नेछ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com