काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा संसदीय समितिको प्रतिवेदनअनुसार पार्टीले आवश्यक निर्णय लिने स्पष्ट पारेका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भएर सर्वसम्मत रूपमा पारित भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था प्रतिनिधिसभाबाट पारित हुँदा परिवर्तन भएको विषयले विवाद निम्त्याएको थियो। यस विषयमा समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाको भूमिकामाथि प्रश्न उठ्दै आएको छ।

advertisement

समितिले तयार पारेको छानबिन प्रतिवेदनमा नै खतिवडाको भूमिकालाई नैतिक दृष्टिकोणबाट आलोचना गर्दै उनी स्वयंले जिम्मेवारी लिनुपर्ने ठहर गरिएको छ। पार्टीभित्रै मात्र होइन, बाहिरबाट समेत खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग उठ्दै आएको छ।

महामन्त्री शर्माले यस विषयमा प्रतिक्रिया दिँदै भने, “समितिले प्रतिवेदनमा उल्लेख गरेका मर्म र निष्कर्षलाई ध्यानमा राखेर पार्टीले निर्णय गर्नेछ।” खतिवडाको विषयमा कांग्रेसभित्र विस्तृत छलफल हुने र त्यसपछि आवश्यक कदम चालिने उनले जानकारी दिए।

‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादको छानबिन गर्न कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा गठन गरिएको संसदीय विशेष समिति द्वारा तयार गरिएको प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेस गरिएको हो।

स्मरणीय छ, प्रारम्भिक प्रस्तावमा सबैले सहमति जनाए पनि विधेयक अन्तिम रूप दिँदा समितिको सिफारिस विपरीत व्यवस्था राखिएको पाइएपछि नै यो विषयले राजनीतिक र नैतिक बहसको रुप लिएको हो।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com