काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले केपी ओली नेतृत्वको सरकार काण्डै काण्ड र भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बोल्दै हाजिरी जवाफमा सबैभन्दा बढी सेटिङमा चल्ने सरकार कुन हो ? भन्दा पनि अहिलेको सरकार पर्ने बताए।

advertisement

आकस्मिक समयमा सांसद मोदीले सरकारको आलोचना गरेपछि सभामुख देवराज घिमिरेले त्यो विषयहरू राख्न नमिल्ने बताए। उनले आकस्मिक समयमा राख्ने विषय भएको भन्दै थपे, ‘कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक काण्ड, भिजिट भिसालगायतको कुरा होस्।’

उनले यति भनेपछि सभामुखले यो नीतिगत विषय भएको भन्दै बस्न भने।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com