काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले विषयवस्तुलाई आवेगमा हेर्न नहुने बताएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर संसद् बहिष्कार गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विषयवस्तुलाई आवेगमा नहेर्नका लागि सुझाव दिँदै शर्माले संयम हुन आग्रह गरे।

भिजिट भिसामा सबैभन्दा बढी मानिस रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेकै बेलामा गएको उल्लेख गर्दै शर्माले तथ्याङ्क हेर्न आग्रहसमेत गरे। भिजिट भिसालाई मानव तस्करीसँग जोडेर रास्वपाले संसद् बहिष्कार गरिरहेको उल्लेख गर्दै उनले भने, ‘के रास्वपाका साथीहरू रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भयो भन्ने निष्कर्षमा पुग्नुभएको हो ?’

advertisement

उनले थप विवरण प्रस्तुत गरे, ‘रविजी गृहमन्त्री रहेको सुरुवाती १५० दिनमा १ लाख १६ हजार २०५ जना भिजिट भिसामा गएका रहेछन्। १५० ले भाग गर्दै गर्दा ७५४.७ जना चाहिँ यो अवधिमा चाहिँ भिजिट भिसामा बाहिर गएका रहेछन्। भर्खरै संसद् बहिष्कार गरेर बाहिर जानुभएका साथीहरू मोटरमा सुन्दै हुनुहुन्छ या घरमा पुगेर सुन्दै हुनुहुन्छ, सरकारी रेकर्डहरू पल्टाएर हेर्नुहोला, गुगलमा सर्च गरेर हेर्नुहोला वा च्याटजीपीटीलाई नै सोध्दा पनि हुन्छ। तर, भिजिट भिसामा सबैभन्दा बढी मानिस त तपाईंको सभापति गृहमन्त्री भएको बेला गएका रहेछन्। यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा बढी भिजिट भिसामा मानिसहरू गए भन्दै गर्दा के तपाईंहरूको यो निष्कर्ष हो कि रविजीकै पालामा सबैभन्दा बढी मातव तस्करी सबैभन्दा बढी भयो ?’

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com