तस्बिर : एन्फा
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय महिला टोलीले पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
खेल भुटानको राजधानी थिम्पुमा हुने छ र नेपाली समयअनुसार आज साँझ ५:४५ बजे सुरु हुनेछ।
नेपाली टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीको अन्तिम तयारी सम्पन्न गरिसकेको जनाएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया