काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लगानी प्रवर्द्धनसम्बन्धी निकायहरूको विश्व संगठनका कार्यकारी निर्देशक इजमाइल इर्साहिबिच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनका अवसरमा उनीहरूबीच भेटवार्ता भएको हो।

advertisement

भेटमा नेपालको लगानी सम्भावना, निजी क्षेत्रसँगको सहकार्य, अन्तर्राष्ट्रिय लगानी आकर्षण लगायतका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com