काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ । २६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।

हालसम्म यसबाट किसानले एक अर्ब ३० करोड रुपियाँ बराबरको क्षति बेहोरिसकेका छन् । सबैभन्दा ठुलो असर कोशी प्रदेशमा देखिएको छ ।

advertisement

कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा देखिएको यो सङ्क्रमणले कोशी प्रदेशमा मात्रै एक अर्ब एक करोड रुपियाँ बराबरको आर्थिक नोक्सानी गराएको हो । कोशी प्रदेशका १२, मधेशका आठ, गण्डकीको एक, कर्णालीको एक र सुदूरपश्चिममा भने हालसम्म रोग पुष्टि हुन सकेको छैन । बागमती प्रदेशले भने लम्पीको विवरण पशुसेवा विभागलाई उपलब्ध गराएको छैन ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले ‘लम्पी स्किन’ सङ्क्रमणले कोशी प्रदेशमा एक अर्ब एक करोडको आर्थिक नोक्सानी भएको उल्लेख गरेको छ । कोशी प्रदेशमा साउन १८ गतेसम्म २२ हजार १२२ पशु सङ्क्रमित भएको र सोही आधारमा नेपाल पशु चिकित्सा परिषद्ले वैज्ञानिक तथ्यका आधारमा एक अर्ब एक करोडको क्षति भएको उल्लेख गरेको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक डा। सुशीलकुमार अधिकारीले सो प्रदेशका १२ जिल्लामा रोग फैलिएको र पशुमा मृत्युदर २।७ प्रतिशत रहेको बताउनुभयो । यस आधारमा रोग अहिले नियन्त्रणमा रहेको बताइएको छ ।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com