रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रूपन्देही–३ मा आफैंले उम्मेदवार उठाउने स्पष्ट पारेका छन्। संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहेकै बेला जनमत पार्टीले भने सो क्षेत्रका लागि अलग्गै उम्मेदवार घोषणा गर्ने बताएको हो।

राउतले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “भ्रममा नपरौं, जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति बनाइसकेको छ। रूपन्देही–३ पनि यसै रणनीतिअन्तर्गत पर्छ।”

advertisement

उनका अनुसार अघिल्ला निर्वाचनहरूमा अन्य दलहरू, विशेषतः कांग्रेस वा एमालेसँग गठबन्धन गरेर चुनाव लडे पनि जनमत पार्टी सधैं एक्लै चुनावमा उत्रिएको छ र गठबन्धनको कुनै पूर्वअभ्यास छैन।

राउतले जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन तथा अधिकार र पहिचानको आन्दोलनका मुद्दामा एकजुट भएर उभिएको स्पष्ट पारे। उनले भने, “मोर्चा Loose Alliance (ढीला संरचना भएको गठजोड) को रूपमा गठित भएको हो, जुन विशुद्ध चुनावी गठबन्धन होइन। यसको स्वरूप गठनको समयदेखि नै स्पष्ट गरिएको थियो।”

उनको भनाइअनुसार, चुनावी समीकरणको हिसाबले नभई साझा आन्दोलनका मुद्दामा आधारित सहकार्यको रूपमा मोर्चामा सहभागिता जनाइएको हो, त्यसैले जनमतले आगामी उपनिर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवार उठाउने निर्णय लिएको हो।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com