लमजुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले तत्कालै हटाउन नसकिने अवस्था रहेको छ।
सडक अबरुद्ध भएसँगै पोखराबाट बेँसीसहर जाने र त्यहाँबाट फर्किने सवारीसाधनहरूलाई काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न निर्देशन दिइएको छ।
प्रशासन र स्थानीय प्रहरीको समन्वयमा पहिरो हटाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खसिरहेकाले जोखिमका कारण तत्काल सडक खुल्ने अवस्था छैन।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया