काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि पहल अस्वीकार्य हुने बताएका छन्।

सरकारले बहुविवाहसम्बन्धी कानुनको मस्यौदा तयार पारिरहेको भन्ने चर्चाबीच श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यस्तो विधेयक समाजिक मूल्य र मान्यताविपरीत हुने बताएका हुन्।

advertisement

‘कुनै पनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कार्य स्वीकार्य हुन सक्दैन,’ श्रेष्ठले भनेका छन्, ‘यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ।’

श्रेष्ठले सामाजिक सन्तुलन र समानताको दृष्टिले समेत यस्तो कानुनी प्रयास अनुचित भएको भन्दै तत्काल प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com