विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बूको शव एक सातापछि स्थानीय समेवा खोलामा फेला परेको छ।
गत असार १३ गतेदेखि वेपत्ता भएका लिम्बूको खोजीमा प्रहरी र आफन्त सक्रिय रहेका थिए। परिवारले इलाका प्रहरी कार्यालय केराबारीमा बेपत्ता सम्बन्धी निवेदन दिएपछि खोजी तीव्र पारिएको थियो।
बुधबार साँझ खोलामा शव भेटिएपछि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको जनाएको छ।
हाल लिम्बूको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया