काठमाडाैं । निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ मा नेपाली कांग्रेसले असहमति जनाएको छ। आयोगले विभिन्न राजनीतिक दल र सरोकारवालालाई कार्यविधिमाथि सुझाव दिन आग्रह गरेको थियो।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको स्पष्ट विरोध रहेको बताएका छन्। उनले भने, “राजनीतिक दलको मूल्याङ्कन जनताले र संविधानले गर्ने हो, निर्वाचन आयोगले होइन। आयोगले ल्याएको कार्यविधि हाम्रो दृष्टिमा स्वीकार्य छैन।”

advertisement

शर्माले विधि प्रस्तावित तरिकाले बहादुर भवनमा टुंगिनुपर्ने बताएका छन्।

यसअघि नेकपा (एमाले) ले पनि सोही कार्यविधिप्रति असहमति जनाउँदै आपत्ति जनाएको थियो। त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि आयोगको कार्यविधि अस्वीकार गर्ने निर्णय गरेको थियो।

यस विषयले आगामी राजनीतिक संवाद र निर्णय प्रक्रियामा थप चर्चा र विवादको सम्भावना देखिएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com